
काठमाडौं, २६ मंसिर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धरा काठमाडौले गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्रको उद्घाटन गरेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबि निवारणमन्त्री चन्द्रबहादुर बुढा, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेललगायत विभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरु र मुक्तिनाथ गु्रपसँग आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दे अध्यक्ष ढकालले भने, ‘कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायीहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तर्गत केन्द्रबाट भइरहेको सेवालाई थप सहज रुपमा सञ्चालन गर्न र बढीभन्दा बढी कृषकहरु र कृषि व्यवसायीहरुलाई सेवा उपलब्ध गराउनको लागि प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष्यअनुसार सर्वप्रथम गण्डकी प्रदेशको लागि कास्की जिल्ला पोखरा महानगरपालिकास्थित नागढुंगामा कार्यालय तथा कृषि सामाग्रीहरुको प्रदर्शनी स्थलको स्थापना गरेका छौ ।’
गण्डकी प्रदेशका कृषकहरु तथा कृषि व्यवसायीहरु लाभान्भित हुने गरी स्थापना गरिएको उल्लेखित कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रसहित कृषि उद्यमी परिचय पत्रलाई भव्य समारोहका बीच उद्घाटन गरी समग्र गण्डकी प्रदेशको कृषि क्षेत्रको सवलीकरणमा निजी क्षेत्रको संथागत अभियान सुरुवात भएको खबर प्रभाह गर्ने अभिप्रायसहित कार्यक्रम गरिएको उनले बताए । कार्यक्रमा बोल्दै मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए ।
विशिष्ट अतिथि चन्द्रबहादुर बुढाले कम्पनीले क्षेत्र विस्तारको क्रममा पहिलो प्रदेशको रुपमा गण्डकीबाट काम सुरु गरेकोमा धेरै धेरै धन्यवाद दिँदै प्रदेश मन्त्रालय निजी क्षेत्रसँग समन्वय गर्नको लागि तयार रहको र निजी क्षेत्रसँग समन्वय गर्नको लागि नीति नियममा कठिनाई रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कम्पनीको ध्येय, लक्ष्य, उद्देश्य र कार्यक्रमहरु एकदमै राम्रो रहेको तर कार्यान्वयनको लागि केही चुनौतीहरु रहेको औल्याए । उनले भने, यस कम्पनीको कार्यक्रमहरु सफलताको लागि नीतिगत रुपमा नै समग्र संरचनाहरु सुधार्नु पर्ने, कृषिलाई उद्योगसँग जोडनुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति नियमहरु बन्नुपर्नेमा जोड दिए ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




