थप २५४ जनामा कोरोना संक्रमण

-



     सफल आवाज    
     मंसिर २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र दुई हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको ज्यान गएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ४ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११ हजार ५५४ पुगेको छ ।