
काठमाडौं, २७ मंसिर । आईतबार सामान्य ढंगले बढेको सुनचाँदीको भाउ सोमबार भने स्थिर रहेको छ । आईतबार छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा ५ रुपैया बृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यसदिन सुनको भाउ स्थिर रहेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाला सुनको भाउ ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुनको भाउ ९२ हजार रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहि प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा नै कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा भईरहने फेरबदलबाट नेपाली बजार पनि प्रभावित हुने भएकोले सुनचाँदीको भाउ तलमाथि वा स्थिर रहने महासंघले जनाएको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




