
काठमाडौं, २७ मंसिर । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा भारी अंकले गिरावट आएको छ । कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले ७९.२३ अंकले घटेर दुई हजार २८२ अंकमा झरेको छ ।
आज नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.४७ अंकले घटेको छ । आज दिनभर भएका ६२ हजार ८०९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर तीन अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भएका छन् ।
सेयर बजारमा भारी अंकले गिरावट आए पनि गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बोटलर्स नेपाल (तराई) ५.४० प्रतिशत अर्थात एक कित्तामै ६२७ रुपैयाँले मूल्य बढेको नेप्सेले जनाएको छ ।
आज सबैभन्दा धेरै (९ प्रतिशतभन्दा माथि) सेयर मूल्य घट्ने कम्पनीहरुमा स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्यतु रहेका छन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




