
काठमाडाैं, २८ मंसिर । ग्लोबल आइएमई बैंकको १५ औं साधारण सभा सम्पन्न भएकाे छ । सभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिकाे प्रस्ताव पारित गरेको छ ।
बैंकका अनुसार आर्थिक वर्ष ०७७, ०७८ को कुल मुनाफाबाट शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिईने भएको हाे । जसमा बोनस शेयर १० प्रतिशत तथा कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांशसहित १३.५ प्रतिशत लाभांश रहेको छ ।
बैंककाे बोनस शेयर वितरणपछि चुक्ता पूँजी २३ अर्ब ७९ करोड पुग्ने भएको छ । आर्थिक वर्ष २०७७, २०७८ मा संचालन मुनाफा ७ अर्ब ९ करोड रहेको थियो । कर पछि मुनाफा ४ अर्ब १६ करोड आर्जन भएको थियो ।
बैंकले गत वर्षको तुलनामा आर्थिक वर्ष ०७७, ०७८ मा ४३.२० प्रतिशतले मुनाफा बृद्धि भएर ४ अर्ब १६ करोड पुगेको जनाएको छ । २ खर्ब ७४ अर्ब बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ७० अर्ब रुपैयाँ बढी कर्जामा लगानी गरेको छ ।
बैंकका देशका ७६ जिल्लामा दुईसय ८७ वटा शाखाहरु संचालनमा रहेका छन् । तीनवटा अन्तराष्ट्रिय सम्पर्क कार्यालय तथा ८५० बढी सेवा केन्द्र रहेका छन् । बैंकका अनुसार सत्ताइस लाख ग्राहकले सेवा लिईरहेका छन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




