अर्थमन्त्री शर्मा र लगानीकर्ताबीच छलफल, समस्या समाधान गर्न मन्त्री सकारात्मक

-



     सफल आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । अर्थमन्त्री जनार्दन शर्मा र शेयर बजारका लगानीकर्ताहरुबीच मंगलबार छलफल भएको छ । सबै लगानीकर्ताहरुको तर्फबाट एउटा कार्यदल बनाई उक्त कार्यदलले मन्त्री शर्मासंग शेयर बजारमा आईरहेको समस्याका बारेमा छलफल गरेको हो ।

कर्यादलले मन्त्री शर्मालाई अर्थमन्त्रालयमा भेटेर शेयर बजारको अहिलेको अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्षको नियुक्ती तथा नेपाल स्टक एक्सचेन्जमा प्रमुखको नियुक्तीलगायत ५८ बुँदाहरुमा उल्लेख गरिएका माग र सुधारका बारेमा छलफल गरेको हाे।

लगानीकर्ताहरुको तर्फबाट बनेको पूँजी बजार सुदृढिकरण बृहत कार्यदल (लगानीकर्ताका सबै संघ संस्थाहरुको संयुक्त कार्यदल) का संयोजक अम्बिकाप्रसाद पौडेलले मन्त्री शर्मासंगको छलफल सकारात्मक भएको बताएका छन् ।

मन्त्री शर्मासंगको भेटपछि पौडेलले भने, उहाँले पूँजी बजारको दिगो विकास र बिस्तारको लागि लागिरहेको बताउनु भएको छ । मन्त्री शर्माले कार्यदलले उठाएका मागहरु, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखहरुको नियुक्तीसंगै पूरा गर्ने विश्वास दिलाएको पौडेलको बताए ।