थप २६४ जनामा कोरोना संक्रमण

-



     सफल आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र चार हजार ३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।