दुई कम्पनीको पाैने २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ पुस । नेपाल स्टक एक्सचेन्जमा आज दुई कम्पनीको १ करोड ७३ लाख ४१ हजार ८५४.२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेसनलको १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सिटिजन्स बैंक तथा सगरमाथा इन्स्योरेन्सको आर्थिक वर्ष २०७६- २०७७ मा वितरण गरिएको कुल १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता सूचीकृत भएको हो । सिटिजन्सले १२.९१३ तथा सगरमाथाले ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।