नेशनल लाइफको नयाँ योजना : ‘जीवन श्री सावधिक अमृत बीमालेख’ सार्वजनिक

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नयाँ सावधिक बिमा योजना नेपाली बिमा बजारमा प्रचलनमा ल्याएको छ । कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेका हुन् ।

बिमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बिमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बिमांक रकम र आर्जित वोनसले आफू र आफू प्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखबाट बिमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने सँगसँगै वचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

आफ्नो आयस्रोतअनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बिमा गर्न सकिने यस योजनामा सहभागी बिमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बिमांक र बोनस प्राप्त हुनेछ ।

यस बीमालेखमा ऋण सुविधासमेत रहेकोले बिमितको तरलताको व्यवस्थापनमा योगदान पुग्नेछ । मुनाफामा सहभागी हुने यस बीमालेखबाट बिमितलाई आकर्षक प्रतिफलसमेत प्राप्त हुनेछ । जोखिम वहन पनि हुने र बचत पनि हुने यस बिमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।