अमेरिकी डलरको भाउ १२२ रुपैयाँ नाघ्याे, अन्य देशको कति ?

-



     सफल आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ पुस । साताको पहिलाे दिन आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १२२.०४ रुपैयाँ पुगेको छ । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ पुगेको छ ।

यता एक यूरोको बिक्री मूल्य १३८.२५ र खरिद मूल्य १३७.५७ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्टलिङको बिक्रीदर १६२.३५ र खरिददर १६१.५५ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.३८ रुपैयाँ र खरिददर ८८.९४ रुपैयाँ कायम छ ।

यस्तै, १० जापानी येनको बिक्रीदर १०.७५ रुपैयाँ हुँदा खरिद दर १०.६९ रुपैयाँ छ । चिनियाँ युवानको बिक्रीदर १९.१२ रुपैयाँ र खरिद १९.०३ रुपैयाँ कायम छ । यसैगरी, साउदी रियालको बिक्री मूल्य ३२.५२ रुपैयाँ र खरिद मूल्य ३२.३६ रुपैयाँ तथा कतारी रियालको बिक्री दर ३३.५२ र खरिददर ३३.३५ रुपैयाँ छ ।