एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गर्यो लाभांश वितरणको घोषणा

-



     सफल आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ पुस । एनआरएनए इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सम्पन्न संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले लभांश वितरणको प्रस्ताव पारित गर्नका लागि पुस २९ गते साधारण सभा आव्हान गरेको छ । सभाबाट संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरिने भएको छ ।

साधारण सभाको प्रयाेजनका लागि कम्पनीकाे पुसको १५ गते बुक क्लोज हुने जनाएको छ । शेयरधनीहरुले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएपछि मात्रै लाभांशका लागि योग्य हुनेछन् । साथै उनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् ।