अझैं उकालो लागेन सेयर बजार, कहिले फर्किएला लयमा ?

-



     सफल आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सेयर बजार राताम्मै भएको छ । पहिलो दिन आईतबार उपत्यकामा भएको सार्वजनिक बिदाका कारण कारोबार बन्द भएको थियो । सोमबार बजार खुलेपछि सकारात्मक लय लिन्छ कि भनेर पर्खिरहेका लागनीकर्ताहरुको लागि यस दिनले पनि उनीहरुकाे मन खुसि बनाउन सकेन ।

पछिल्लो पटक नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिमाथिको समिक्षाबाट र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारमाथि गरेको नकारात्मक टिप्पणीको कारण ओरालो लागिरहेको छ । यहि बीचमा सेयर लगानीकर्ताहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर समस्याहरुको समाधानका लागि गरेको पहल पनि प्रभावकारी बन्न सकेको छैन । अब बजार कहिलेसम्म यो स्थितिमा रहिरहन्छ ? भविष्यको गर्भमै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुुमा झरेको छ । नेप्से ०.७५ अंकले घट्दा सेन्सेटिभ इण्डेक्स २.३४ अंकले घटेर ४५१.१९ विन्दुमा रहेको छ ।

कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ५४ लाख ३९ हजार ८७ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये उत्पादन र माइक्रोफाइनान्सतर्फ मात्रै हरियो लागेको छ । बाँकी ११ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । उतपादनतर्फ १९४.८१ अंकले र माइक्रोफाइनान्सतर्फ ६.३५ अंकको बृद्धि भएको छ ।

कारोबारको आधारमा यसदिन सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।