थप २२० जनामा कोरोना संक्रमण, एकको निधन

-



     सफल आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ पुस । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र एक हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन् ।