८०० रुपैयाँले घट्यो सुनको मूल्य

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । मंगलबार सुनको भाउ ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ८०० रुपैयाँले घटेर छापावाल सुनको प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।

सोमबार छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि केही घटेको छ । सोमबारको तुलनामा आज तोलामा १० रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।