घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । सोमबारको तुलनामा अमेरिकी डलरको भाउ केही घटेको छ । सोमबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ र बिक्री मूल्य १२१.४४ रुपैयाँ पुगेको डलरको भाउ आज खरिददर १२१.१६ र विक्रिदर १२१.७६ मा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको मूल्य पनि घटेको छ । आज खरिददर १३६.४४ रुपैयाँ पुगेको छ भने विक्रीदर १३७.१२ पुगेको छ । सोमबार यूरोको बिक्री मूल्य १३७.१९ र खरिद मूल्य १३६.५१ रुपैयाँ तोकिएको थियो ।
त्यस्तै युके पाउण्ड स्टलिङको मूल्य पनि घटेको छ ।

सोमबार बिक्रीदर १६१.६६ र खरिददर १६०.८७ रुपैयाँ पुगेको पाउण्डको मू्ल्य आज १५९.७३ रुपैयाँ खरिददर र १६०.५२ बिक्रीदर रहेको छ ।