थप २९० जनामा कोरोना संक्रमण, तीन जनाको निधन

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७३ जनामा पीसीआर परीक्षण गरिएकोमा २५२ जनामा र ४६ हजार १६ जनामा एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जना संक्रमितको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७७ पुगेको छ ।