नयाँ जहाज किन्न सरकारसँग १५ अर्ब माग्दै नेपाल एयरलाइन्स

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । नयाँ जहाज खरिदका लागि नेपाल एयरलाइन्सले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नयाँ जहाज खरिदका लागि सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेका हुन् ।

मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले पुँजी वृद्धिका लागि जहाज खरिद गर्ने र कर्मचारीको तलबमा खर्च नगर्ने बताएका थिए ।