शतप्रतिशत लाभांश वितरण गर्दै हिमालयन डिष्टिलरी

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बुधबार आफ्नो रजिष्टर्ड कार्यालय लिपनिविर्ता पर्सामा २१ औं वार्षिक साधारण सभा गर्ने कम्पनीले जनाएको छ ।