फेरि घट्यो सुनको भाउ, चाँदीको बढ्यो

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउमा गिरावट भएको छ भने चाँदीको सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ४०० ले गिरावट भएको छ । यसरी घटेको सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन रुपैयाँ ४०० ले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा सामान्य १० रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।