आज कस्तो छ विदेशी मुद्राको विनिमयदर ?

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । आज अमेरिकी डलरको भाउ घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको बिक्रीदर १२१.२७ रुपैयाँमै कायम भएको छ भने खरिददर १२०.६७ रुपैयाँमै कारोबार भएको छ ।

यस्तै आज एक यूरोको बिक्रीदर १३६.९९ र खरिददर १३६.११ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार आज पाउण्ड स्टर्लिङको बिक्रीदर १६०.७६ र खरिददर १५९.९६, सिंगापुर डलरको बिक्रीदर ८८.८९ र खरिददर ८८.४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साउदी रियालको बिक्रीदर ३२.२० रुपैयाँ र खरिददर ३२.१४ रुपैयाँ कायम भएको छ । त्यस्तै कतारी रियालको बिक्रीदर ३३.३० र खरिददर ३३.१४ रुपैयाँ, १० जापानी येनको बिक्रीदर १०.६७ र खरिददर १०.६२ रुपैयाँ कायम छ । आज चिनियाँ युआनको बिक्रीदर १९.०४ र खरिददर १८.९४ रुपैयाँ छ । त्यस्तै संयुक्त अरब इमिरेट्सको दिरामको बिक्रीदर ३३.०२ र खरिददर ३२.८५ रुपैयाँ, मलेसियन रिंगटको बिक्रीदर २८.८२ र खरिददर २८.६७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।