लुम्बिनी जनरल इन्स्योरेन्सले दियो बिमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बिमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम दिएको छ । इन्स्योरेन्सले पुस ३ गतेदेखि ५ गतेसम्म बिमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम दिएको कम्पनीले जनाएको छ ।

उदयपुरको गाइघाटमा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बिमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका दिएका थिए । तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी थिए ।