उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह नभएकोमा राष्ट्र बैंकको चिन्ता

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । उत्पादनमुलक क्षेत्रमा कर्जा प्रबाह नभएकोमा राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भएको तर, उत्पादनमुलक क्षेत्रमा कम कर्जा प्रबाह भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

बुधबार आर्थिक पत्रकारहरुसँगको छलफलमा नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा‍. प्रकाश श्रेष्ठले पछिल्लो समय कर्जा विस्तार उच्च भए पनि त्यस्तो कर्जा उत्पादनमुलक क्षेत्रमा प्रबाह हुन नसकेको बताए । पत्रकारसँगको छलफलमा उनले भने, ‘हाम्रो चाहना बढीभन्दा बढी कर्जा उत्पादनमुलक क्षेत्रमा होस भन्ने हो । तर, त्यसो हुन सकेन । अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भयो ।’

राष्ट्र बैंकले आयातमा गरिएको कडाइ लामो समयका लागि नभएको प्रष्टीकरण दिएको छ । पछिल्लो समय आयात आक्रामक रुपमा बढ्दा त्यसको असर मुलुकको अर्थतन्त्रमा नकरात्मक परेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको जनाएको हो ।

राष्ट्र बैंकका विभागीय प्रमुख रामु पौडेलले बैंकिङ क्षेत्रमा लगानी योग्य रकम (तरलता)को अभाव रहेको र विदेशी विनिमय सञ्चिति धेरै घटेकाले यस्तो व्यवस्था गरिएको बताए ।