
काठमाडौं, ८ पुस । विभिन्न चार कम्पनीहरुका सेयरधनीहरुको लागि आज बिहिबारसम्म लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । ज्योती विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र बुटवल पावर कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्न लागेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा आजसम्म सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र उनीहरुनै लाभांश वितरणका लागि योग्य मानिने छन् ।
ज्योति विकास बैंक
बैंकको संचालक समितिले १५.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांशसहित १५.५ प्रतिशत लाभांश वितरण गर्नका लागि पुस २३ गते साधारण सभा आव्हान गरिएको छ । १४ औं साधारण सभा काठमाडौं, नक्शालस्थित लिसारा रिसेप्सनमा पूर्वान्ह ११ वजेबाट हुनेछ ।
सभाले अधिकृत पूँजी ५ अर्बमा बढाएर ८ अर्ब पुर्याउने, उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने, गाभिने वा प्राप्तिका लागि काम गर्ने अख्तियारी संचालक समितिलाई दिनेलगायतका प्रस्तावलाई पारित गर्नेछ ।
एनएमबि लघुवित्त वित्तीय संस्था
यस लघुवित्तको संचालक समितिले २२.६३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। चुक्ता पूँजीको २१.५० प्रतिशतले बोनस सेयर तथा करको प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांशसहित २२.६३ प्रतिशत लाभांश पुस २६ गते आव्हान गरिएको साधारण सभाबाट पारित हुने भएको छ । नवौं साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दीमा पूर्वान्ह ११ वजे डाकिएको छ ।
साधारण सभाले अन्य उपयुक्त लागेका लघुवित्तसंग मर्जर वा प्राप्तिको कार्य गर्नका संचालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावलाई पारित गर्नेछ ।
सूर्या लाइफ इन्स्योरेन्स
यस कम्पनीको १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई आगामी साधारण सभाले पारित गर्ने भएको छ । कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लभांश वितरणको प्रस्ताव पारित गरिने भएको हो ।
साधारण सभाले संस्थापक र सर्वसाधारण समूहकाे सेयर स्वामित्वको यसअघिको ६०ः४० को संरचनालाई ५१ः४९ बनाउने, संस्थापकबाट ४ जना संचालक तथा सर्वसाधारणबाट २ जनासहित ६ जनाको संचालकसमिति चयन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
बुटलवल पावर कम्पनी
बुुटवल पावर कम्पनीको साधारण सभा पुस २६ गते डाकिएको छ । सभा कम्पनीको काठमाडाै बानेश्वरस्थित रजिष्टर्ड कार्यालयमा बोलाइएको हो । सभा उक्ता दिन पूर्वान्ह ११ बजेबाट सुरु हुनेछ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको २० प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । यस्मा चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश रहेको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




