एकैदिन रु ७०० ले बढ्याे सुनको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ पुस । अघिल्लो दिन रुपैयाँ ४०० ले घटेर कारोबार भएको सुनको भाउ एकदिन पछि आज रुपैयाँ ७०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा छापावाला सुनको भाउ रुपैयाँ ७०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनको मूल्य बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।