सेयर बजारमा छायो हरियाली, कारोबार रकममा पनि सुधार

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ पुस । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा हरियाली छाएको छ । कारोबार रकममा पनि उलेख्य सुधार भएको छ भने यसले लगानीकर्तामा उत्साह जगाएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०‍.२३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५० प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.१० अंकले बढेर ४७७.३६ विन्दुमा रहेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ८३ लाख २३ हजार ९२३ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये तीनवटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । विकास बैंक उपसमूहतर्फ ४९.१, हाइड्रोपावरतर्फ १९.०९ र फाइनान्सतर्फ ४२.९८ अंकले घटेको छ ।

अन्य १० वटा उपसमूहमा हरियाली छाएको छ । उनीहरुको सेयर बढेको छ । बैंकिङतर्फ ३.९२ अंकले, व्यापारतर्फ ५.२२ अंकले, होटल तथा पर्यटनतर्फ १९.६१ अंकले बढेको छ ।

यस्तै नीर्जिवन बीमातर्फ ३८१.९७ अंकले बढेको छ । उत्पादनतर्फ ६४.९६ अंकले, अन्यतर्फ १७.४१ अंकले, माइक्रोफाइनान्सतर्फ ४७.३ अंकले, जीवन बीमातर्फ २०२.४८ अंकले, म्युचुअल फण्डतर्फ ०.०१ अंकले र लगानी उपसमूहतर्फ ०.०६ अंकले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८३६ रुपैया ८० पैसा बराबरको कारोबार भएको छ ।