
काठमाडौं, ८ पुस । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पाँच महिनाको अवधीमा सात खर्ब ३५ अर्बभन्दा बढी रुपैयाँको व्यापार घाटा भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधीमा सात खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँ बराबरको घाटा भएको हो ।
भन्सार विभागका अनुसार पाँच महिनाको अवधीमा आठ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको विभिन्न वस्तुहरु आयात हुँदा एक खर्ब दुई अर्ब ९२ करोड पाँच लाख ७२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । विगतका वर्षहरुको तुलनामा भने निर्यात बढेको हो । आयात र निर्यातमा भएको वैदेशिक व्यापारमा सरकारले यस अवधीमा दुई खर्ब १७ अर्ब ३३ करोड आठ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
विभिन्न मुलुकबाट ९१ प्रकारका वस्तुहरु आयात हुँदा नेपालबाट भने ७३ प्रकारका वस्तुहरु निर्यात हुने गरेको छ । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार नेपालमा आयात हुने वस्तुहरुमध्ये सबैभन्दा बढी भारतबाट आयात हुन्छ भने दोस्रोमा चीनबाट आयात हुन्छ । एक वर्षको तुलनामा निर्यात बढ्दा आयातसमेत बढेको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँचौं महिनामा पाँच खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार रुपैयाँको आयात भएको थियो भने चालू आव २०७८/७९ को पहिलो पाँचौं महिनामा आठ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४४ हजार रुपैयाँको आयात भएकोक छ । अर्थात् गत वर्षको भन्दा यो वर्ष ५९.५५ प्रतिशत आयातमा वृद्धि भएको छ ।
एक वर्षमा दोब्बर बढ्यो निर्यात
आयातको तुलनामा नभए पनि गत वर्षको तुलनामा निर्यात दोब्बर प्रतिशतले बढेको छ । वैदेशिक व्यापारमा गत वर्ष नै लक्ष्य हासिल गरेको नेपालले चालू आर्थिक वर्षमा निर्यातको संख्या अझै फराकिलो भएको छ । २०६६/६७ सालमा नै १० महिनामा निर्यात एक खर्ब पुर्याउने सरकारको लक्ष्य १० वर्षपछि मात्रै पूरा भएको थियो । अर्थात् गत आवको १० महिनामा मात्रै एक खर्बको निर्यात भएको थियो ।
गत आवको भन्दा चालू आवमा १०५.६१ प्रतिशतले व्यापारमा निर्यात बढेको विभागले जनाएको छ । विभागका अनुसार गत आवको पहिलो पाँच महिनामा ५० अर्ब पाँच करोड ५६ लाख आठ हजार रुपैयाँको निर्यात हुँदा चालू आवको सोही अवधीमा एक खर्ब दुई अर्ब ९२ करोड पाँच लाख ७२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
त्यस्तै व्यापार घाटा पनि ५४.७० प्रतिशतले बढेको छ । निर्यात बढेसँगै आयात पनि बढेपछि व्यापार घाटा पनि बढेको हो । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको पहिलो पाँचौं महिनासम्म चार खर्ब ७५ अर्ब ४४ करोड २५ लाख ३४ हजारको व्यापार घाटा थियो भने चालू आवको सोही अवधीमा सात खर्ब ३५ अर्बभन्दा बढीको घाटा भएको हो ।
गत आवको तुलनामा वैदेशिक व्यापार पनि बढेको हो । गत आवको पाँच महिनामा पाँच खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख ५१ हजार रुपैयाँको व्यापार भएकोमा चालू आवको सोही अवधीमा ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
भारतबाट मात्रै पाँच खर्बको आयात, निर्यातमा दोस्रो स्थानमा अमेरिका
नेपालको सबैभन्दा नजिक र बढी नाका भएको मुलुक हो, भारत । नेपालमा भारतबाट आयात र निर्यात दुवै बढी हुन्छ । चालू आवको पाँच महिनामा मात्रै भारतबाट पाँच खर्ब तीन करोड ९२ लाख ६४ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै सबैभन्दा बढी निर्यात पनि भारतमै भएको छ । भारतमा पाँच महिनाको अवधीमा ८४ अर्ब १५ करोड ४३ लाख ६३ हजार रुपैयाँको निर्यात भएको छ ।
वैदेशिक व्यापारमा आयातका लागि दोस्रो ठूलो मुलुक हो, चीन । चीनबाट नेपालले एक खर्ब २२ अर्ब १९ करोड ८७ लाख ७० हजार रुपैयाँको आयात गरेको छ । निर्यातमा भने नेपालका लागि चीन दोस्रो ठूलो बजार होइन । चीनमा पाँच महिनाको अवधीमा ३८ करोड १६ लाख २४ हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।
निर्यातमा नेपालका लागि दोस्रो ठूलो बजार अमेरिका देखिएको छ । नेपालले चालू आवको पहिलो पाँच महिनामा अमेरिकामा सात अर्ब ३३ करोड करोड ३३ लाख १० हजार रुपैयाँको निर्यात गरेको छ भने १८ अर्ब ८८ अर्ब ३५ लाख ७२ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




