सिर्जनशील लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन लाख ३७ हजार २५ कित्ता अर्थात् रकम तीन करोड ३७ लाख दुई हजार पाँच सय बराबरको साधारण सेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।