बिमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ पुस । बिमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । बिमितहरुको तर्फबाट सरकारले समितिको सञ्चालकमा नियुक्त गरेको हो ।

समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले रिजाललाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।