घट्याे सुनको भाउ, चाँदीको भने स्थिर

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा फेरबदल भएको छ । यसदिन छापावाला सुनको भाउ रुपैयाँ २०० ले घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार १०० तोकेको छ । अघिल्लो दिन बुधबार छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ३०० कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदीको भाउ बुधबारकै कायम गरिएको छ । चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।