बंगलादेशमा फेरिमा आगो लाग्दा ३६ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्ने अनुमान

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौंं, ९ पुस । बंगलादेशको एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको निधन भएको छ ।

समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो ।

शुक्रबार बिहान आगलागी भएको तीन तले फेरिमा झण्डै पाँच सय मानिस सवार थिए । तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए । आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।

बंगलादेशको प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । (एजेन्सी)