कालिका पावरले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ पुस । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना सेयरधनीलाई १५।७८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगदसहित कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले १५ प्रतिशतका दरले हुन आउने ९ करोड रुपैयाँको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ४७ लाख ३७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।