बेष्ट फाइनान्सका निक्षेपकर्ता संजयकुमार सिंहलाई फोनपेको ‘एक तोला सुन’

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त विद्युतीय भुक्तानी प्रणाली (फोनपे) ले आफ्ना प्रयोगकर्ता ग्राहकका लागि सुरु गरेको क्यू .आर. काे गुण एक तोला सुन कार्यक्रम अन्तर्गत संजयकुमार सिंहले उपहार जितेका छन् ।

शुक्रबार बेष्ट फाइनान्स लिमिटेडका निक्षेपकर्ता सिंह सहभागी भई सो कार्यक्रम अन्तर्गत एक तोला सुन जितेपछि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले व्यवस्थापनको उच्च तहका पदाधिकारीको उपस्थितिमा एक तोला सुन हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा उपहार प्राप्त गरेपछि सिंहले आफूले बेष्ट फाइनान्स कम्पनीमा खाता सञ्चालन गर्दा कम्पनीले उपलब्ध गराएको सुविधा अन्तर्गत क्यूआर प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा खुसी व्यक्त गरे । देशभर १४ वटा शाखा कार्यालय रहेको यस बेष्ट फाइनान्स कम्पनीले हाल ग्राहकको सुविधा अन्तरगत विभिन्न डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।