
काठमाडौं, ७ पुस । नेपालमा दोस्रो ठूलो भूकम्प गएको सात वर्ष पुग्दैछ । २०७२ साल वैशाख १२ गते आएको भयानक विपदले हजारौंको ज्यान लियो भने लाखौं निजी तथा सार्वजनिक भवनहरुमा क्षति पुग्यो । विपदपछि सबै पूर्वाधारहरुको नवनिर्माण गर्ने भनेर गठन भएको पुनर्निर्माण प्राधिकरणले समयावधि सकिएको भन्दै सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।
भूकम्प गएको ९ महिनापछि सरकारले २०७२ पुस १० गते पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणका जिम्मेवारी दिएको थियो । सुरुमा प्राधिकरणले क्षति भएको ठाउँमा सर्वे गर्दा लाभग्राहीको सूचीमा करिब ९ लाख परिवार परेका थिए । त्योमध्ये आठ लाख २९ हजार ६६७ परिवार अनुदान सम्झौता गरेका लाभग्राहीको सूचीमा परेका थिए ।
पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता तथा उपसचिव मनोहर घिमिरेका अनुसार प्राधिकरणले जिम्मेवारी हस्तान्तरण गर्नसम्म आठ लाख २८ हजार ७६३ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । त्यस्तै सात लाख ५० हजार ४५९ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने सात लाख तीन हजार ३०७ लाभग्राहीले मात्रै तेस्रो किस्ता लिएका छन् ।
कति बने निजी तथा सार्वजनिक भवनहरु ?
प्राधिकरणका अनुसार अहिलेसम्म सात लाखभन्दा बढी निजी भवनहरु निर्माण भएर हस्तान्तरण भइसकेका छन् । लाभग्राहीले सबै किस्ता पाएर भवनसमेत निर्माण भएपछि प्रमाणपत्र दिइएको प्राधिकरणले जनाएको छ । प्रमाणपत्रसमेत पाइसकेका लाभग्राहीहरु सात लाख तीन हजार ३०७ छन् ।
त्यस्तै भूकम्प जाँदा विद्यालयका भवनहरु १० हजारभन्दा बढी क्षति भएका थिए । त्यसपछिको सर्बेमा सात हजार ५५३ भवनहरु निर्माण गर्ने लक्ष्य लिइएको थियो । लक्ष्य लिइएकामध्ये ६ हजार ६४७ भवनहरु पुनर्निर्माण भइसकेका छन् भने ९३६ भवनहरु निर्माणाधीन अवस्थामा छन् ।
स्वास्थ्य संस्थाका भवनहरु पनि एक हजार १९७ वटा पुनर्निर्माण गर्ने लक्ष्य लिइएको थियो । त्यसमा ७५१ भवनहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५४ भवनहरुको पुनर्निर्माण जारी रहेको सहप्रवक्ता घिमिरे बताउँछन् ।
प्राधिकरणको तथ्यांकअनुसार ९२० वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य लिइएको थियो । त्यसमा अहिलेसम्म ६०६ सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको छ भने २८८ सम्पदाहरु निर्माणाधीन अवस्थामा छन् । त्यस्तै ४१५ वटा सरकारी भवनहरु निर्माण गर्ने लक्ष्य लिएको प्राधिकरणले ३८८ वटा सम्पन्न गरेको छ भने २० वटा भवनहरु पुनर्निर्माणको क्रममा रहेका छन् ।
प्राधिकरणको लक्ष्यअनुसार २१६ वटा सुरक्षा निकायका भवनहरु निर्माण गर्नुपर्ने थियो । अन्य निकायको भन्दा सतप्रतिशत सुरक्षा निकायका भवनहरु निर्माण भएका छन् । अर्थात् लक्ष्यअनुसारकै २१६ वटा भवनहरु निर्माण भएर हस्तान्तरण गरिएको छ ।
जोखिमयुक्त बस्ती र भूमिहीन लाभग्राही
पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पछि जोखिमयुक्त बस्तीको लाभग्राहीको सूचीमा चार हजार ७२० थिए । त्योमध्ये तीन हजार ४६२ लाभग्राही सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भइसकेका छन् । त्यस्तै ६२९ लाभग्राहीले सुरक्षित बस्तीका लागि सरकारी जग्गा प्राप्त गरिसकेका छन् भने ६२९ लाभग्राहीले अन्य ढंगबाट जग्गा व्यवस्थापन गरेका छन् ।
भूमिहीन लाभग्राहीको व्यवस्थापनका लागि १२ हजार ७५७ जनाको सूचीमा नाम थियो । त्यसमा ११ हजार ५८० लाभग्राहीले साविककै स्थानमा घर बनाउन अनुमति पाएका थिए भने एक हजार १७७ लाभग्राहीलाई जग्गा खरिद (अनुदान) उपलब्ध गराउने निर्णय भएको थियो भने ७५७ लाभग्राहीले जग्गा खरिद अनुदान उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
कति जनाले निर्माण गरे लाखौं संरचना ?
भूकम्प गइसकेपछि तत्काल उद्धार तथा राहतका लागि विभिन्न मुलुकबाट सुरक्षाकर्मी, स्वयंसेवकहरुले सहयोग गरे । त्यस्तै तत्कालका लागि विभिन्न संघसंस्था तथा राजनीति दलका कार्यकर्ताहरुले पनि अस्थायी टहरा बनाउनका लागि क्षतिग्रस्त ठाउँमा मद्दत गरेका थिए ।
प्राधिकरण गठन भइसकेपछि भने प्राधिकरणको आह्वानमा करिब एक लाख जनाले निर्माणकर्मीको तालिम लिए र निर्माणमा जुटे । त्यस्तै करिब ६ हजार जना अनुभवप्राप्त इञ्जिनियरहरुलाई पुनर्निर्माणमा खटाएको प्राधिकरणले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




