
पोखरा, ९ पुस । गास, बास, कपास र शिक्षासंगै अर्को महत्वपूर्ण आबश्यकताको रुपमा स्थापित हुँदै गरेको जीवन बीमा नेपालमा पनि क्रमश: आम जनताले अबलम्बन गर्न थालेका छ्न्।
आफ्नो र परिवारको वित्तीय, स्वास्थ्यसंगै सुरक्षित जीवन यापनको महत्त्वपूर्ण आधार बन्दै गएको जीवन बीमा संस्कृतिलाइ पोखराकि एक अभिकर्ताले आफ्नो आफन्तलाई जन्मदिनमा जीवन बीमा पोलिसी उपहार प्रदान गरेर अबिस्मरणिय बनाएकी छन्।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड पोखरामा कार्यरत अभिकर्ता किरण भाट क्षेत्रीले आफ्नो श्रीमान राजन कार्कीको ४५ औं जन्मदिनको अबसरमा पोलिसी उपहार प्रदान गरेकी हुन्। क्षेत्रीले पन्ध्र बर्षे अबधी अन्तर्गत सात लाख रुपैयाको साबधिक जीवन बीमा पोलिसी उपहार प्रदान गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका गण्डकी क्षेत्रीय प्रमुख अखिल धमलाले जानकारी दिए।
धमलाले जन्मदिनमा बीमा पोलेसी उपहार दिदाँ समाजमा राम्रो सन्देश जानुकासाथै भोलिका दिनमा आइपर्न सक्ने जोखिम बहन गर्न सघाउ पुग्ने बताए । उनले आफ्नो फजुल खर्च कटाएर सुरक्षित भबिस्यका लागि जीवन बीमा गर्नु र रचनात्मक कार्य गरि जन्मदिन मनाउनु प्रसंशनिय भएको बताए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




