आईतबार सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै परिवर्तन भएकाे छैन ।

सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको भाउमा हुने परिवर्तनको प्रभाव नेपाली बजारमा पनि पर्दै आएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ शुक्रबारकै भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको छ ।

तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदीको मूल्य सोहि कायम भएको थियो ।