नेप्सेमा छायो हरियाली, कारोबारमा नबिल बैंक अब्बल

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार सकारात्मक लयमा देखिएको छ । दुई उपसमूह बाहेक सबैमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।

अन्य दिनहरुकाे तुलनामा कारोबार रकममा पनि निकै सुधार भएको छ । लगानीकर्ताले अब नेप्सेकाे यात्रा उकालाेतिर लागेकाे हाेकि भन्ने महसुश गरेका छन् । यसले उनीहरुलाइ उत्साही बनाएकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक यसदिन ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.८२ प्रतिशतको बृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स ५.३८ अंकले बढेर ४८२.७४ विन्दुमा पुगेको छ ।

जम्मा २३१ कम्पनीको सेयर कारोबार भएको छ । ८६ लाख १ हजार ९५६ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब १७ करोड ३२ लाख ५०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये हाइड्रोपावर तथा फाइनान्स उपसमूहले गुमाएका छन् । हाइड्रोपावर उपसमूहतर्फ ३.४६ अंकले र फाइनान्सतर्फ २४.२ अंकले घटेको छ ।११ उपसमूहमा हरियाली छाएको छ । उनीहरुको सेयर बढेको छ । बैकिङतर्फ २०.४५ अंकले बृद्धि भएको छ । व्यापारतर्फ २१.३३ अंकले, होटल तथा पर्यटनतर्फ ४८.४७ अंकले, विकास बैंकतर्फ ५१.५८ अंकले बृद्धि भएको छ ।

यस्तै नीर्जिवन बीमातर्फ ९०७.१ अंकले, उत्पादनतर्फ ३५५.३४ अंकले, अन्यतर्फ ५०.४३ अंकले, माइक्रोफाइनान्सतर्फ १७२.६६ अंकले, जीवन बीमातर्फ १ अंकले, म्युचुअल फण्डतर्फ ०.११ अंकले र लगानी उपसमूहतर्फ २.३८ अंकले बढेको छ ।

कारोबारको आधारमा आईतबार नबिल बैंक अब्बल देखिएको छ । बैंकको ३२ करोड ७ लाख ४९ हजार ७३६ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।