२.८३ प्रतिशतले घट्यो विद्युत चुहावट

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ पुस । नेपाल विद्युत प्राधिकरणले चार महिनाको अवधीमा विद्युत चुहावट २.८३ प्रतिशतले घटाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावटलाई घटाएर १४/३५ प्रतिशतमा झारेको हो ।

प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा झारेको हो । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।