‘क्यान इन्फोटेक-२०२२’ माघ १८ गतेदेखि हुने

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यस वर्ष क्यान इन्फोटेक २०२२ माघ १८ गतेदेखि हुने भएको छ । २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको छ ।

क्यानका अनुसार क्यान इन्फोटेकको भर्चुअल आयोजनाको सबै तयारी पूरा भैसकेपछि यससम्बन्धि अन्य जानकारी दिने बताइएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यानका महासचिव नारायण थापाले बताए ।

थापाका अनुसार इन्फोटेकको यसपटक २७ औं संस्करण हो । जुन ६ दिनसम्म चल्नेछ । इन्फोटेकको २७ औं संस्करण गत वैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएको थियो । तर, कोरोनाको दोस्रो लहर फैलिएका कारण स्थगित गरिएको थियो ।