
काठमाडौं, १२ पुस । सुदूरपश्चिममा सबै जिल्लाका विमानस्थल स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।
गेटा विमानस्थलका लागि एक अर्ब रुपैयाँ, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख रुपैयाँ, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख रुपैयाँ, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख रुपैयाँ, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार रुपैयाँ, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार रुपैयाँ, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्ययनका लागि ५० लाख रुपैयाँ तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार १०० रुपैयाँ विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन २५० बिघा जमिन अधिग्रहण तथा दुई हजार ५०० मिटर धावनमार्गका लागि बजेट विनियोजन प्राधिकरणले जनाएको छ ।









काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




