मंगलबार २०० रुपैयाँले घट्यो सुनको मूल्य

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ पुस । आज मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज (मंगलबार) छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुनको प्रतितोला ९३ हजार २०० रुपैयाँमा किनबेच भइरहेको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले घटेको हो । सोमबारको तुलनामा आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।