
काठमाडौं, १३ पुस । साताको तेस्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । सोमबार करिब ७० अंकले घटेको नेप्से मंगलबार फेरि ओरालो लागेको हो ।
आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २.६६ अंकले घटेर दुई हजार ५१८.९९ अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.९१ अंकले घटेर ४७०.९८ मा झरेको हो ।
आइतबार ७१ अंकले उकालो लागेर हरियाली देखिएको सेयर बजारमा सोमबार त्यसैगरी ६९ अंक घटेर रताम्य देखिएको थियो । आज २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँको किनबेच भएको छ ।
आइतबार नेप्सेमा उछाल हुँदा पनि खासै नबढेको कारोबार रकम सोमबार ठूलो अंकले गिरावट हुँदा पनि कारोबार रकम बढेको थियो । सोमबार करिब साढे पाँच अर्बको कारोबार भएको नेप्सेमा आज बल्लतल्ल तीन अर्ब कटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहहरुमध्ये ६ समूहको सेयर उकालो लागेको छ । बाँकी सबैमा सबैमा रताम्य देखिएको छ । उकालो लागेका उपसमूहहरु पनि झिनो अंकले मात्रै माथि उक्लेका छन् । व्यापार, विकास बैंक, जलविद्युत, वित्त, उत्पादनमुलक र अन्य समूहको सेयर बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा, सामुहिक लगानी कोष र लगानी समूहको सेयर ओरालो लागेको छ ।
आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । आज गोर्खाज फाइनान्सका लगानीकर्ताको सेयर ९.९९ प्रतिशत माइनसमा गएको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




