
नयाँ दिल्ली, १४ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारका लागि भारत सरकारले खरिद गरेको कार यतिखेर निकै चर्चामा छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै लिइएको नयाँ कारको मोडल मर्सिडिज मेब्याक एस ६५० रहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार याे कारको कयौं शानदार र हाइटेक फिचरहरू रहेका छन् । सबैभन्दा रोचक कुरा यस कारलाई गोली र बमले पनि असर गर्दैन । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत यात्राका दौरानमा मोदीले चढ्ने नयाँ कार देखिएको हो ।
कारमा उच्च स्तरको सुरक्षा दिइएको छ । कारको सिसा र बडी यति मजबुत छ कि यसमा एके–४७ जस्ता राइफलको गोलीले पनि असर पुर्याउन सक्दैन । कारले एक्सप्लोसिफ रेसिस्टेन्ट भेहिकल ९ईआरभी० २०१० रेटिङ पाएको छ । यस कारमा बसेका व्यक्ति २ मिटर टाढासम्म १५ किलोग्रामसम्मको टीएनटी विस्फोट हुँदा पनि सुरक्षित हुने बताएको छ ।
गाडीको ढोकामा पोलिकार्बोनेटको एक पत्र राखिएको छ । यसले थप सुरक्षा प्रदान गर्ने बताइएको छ । ग्यास हमला हुँदा क्याबिन अलग अक्सिजनको सप्लाई दिने सुविधा पनि यस कारमा रहेको छ । यो गाडी टायर पड्किँदासमेत सजिलै कुद्न सक्छ । टायर क्षतिग्रस्त हुँदा पनि यो तीव्र गतिमा कुद्न सक्ने भनिएको छ । बोइङ एएच–६४ र एपाचे हेलिकप्टरमा समेत प्रयोग हुने यो प्रविधि मोदीको कारमा जडान गरिएको छ । त्यसमा गोली लागे पनि आफैं टालिन्छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




