
काठमाडौं, १५ पुस । सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । बुधबार तोलामा रुपैयाँ ५०० ले घटेको सुनको भाउ आज रुपैयाँ ४०० ले घटेको छ । चाँदी अघिल्लो दिन स्थिर रहेर कारोबार भएकोमा यसदिन तोलामा रुपैयाँ १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार सुन र चाँदी दुवैको भाउ घटेको छ । छापावाला सुनमा रुपैयाँ ४०० ले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार स्थिर रहेर कारोबार भएको चाँदीको भाउमा यसदिन रुपैयाँ १५ ले गिरावट भई कारोबार भईरहेको छ । चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको हो । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयामा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




