रियलमीको सर्भिस सेन्टर उद्घाटनमा विभिन्न अफरहरु सार्वजनिक

-



     सफल आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ पुस । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा काठमाडौंस्थित सीटीसी मलमा खोल्ने भएको छ । रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ ।

आजबाट आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकहरुले दुई हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् । दुई हप्ताको लागि दुई वर्षभन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यस्तै वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट र निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर छुट गरिएको छ ।

आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सकिने कम्पनीले जनाएको छ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारास्थित सीटीसी मलको ५ औं तल्लामा रहेको छ । इन्ट्री-लेभल स्मार्टफोनहरुदेखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप, नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्य हुने बताइएको छ ।