दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ पुस । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ । कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था टरेको भन्दै रात्रिकालीन कर्फ्यू हटाइएको हो ।

दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरिएन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो ।