बेष्ट फाइनान्सले गर्यो चावहिल शाखा स्थानान्तरण

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चावहिलमा रहेको आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । फाइनान्सले पुस १८ गते आईतवारदेखी काठमाडौ महानगरपालिका वडा न.७, हस्पिटल मार्गमा रहेको चावहिल शाखा चावहिलचोक स्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको बताइएकाे छ ।

फाइनान्सका संचालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहक महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियाे ।

कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई डिजीटल बैंकिङ्ग सेवा लगायत अन्य आधुनिक बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको जनाइएको छ ।