स्थानीय तहमा मौज्दात रकमको ८० प्रतिशत उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा मौज्दात रहेको रकमको ८० प्रतिशत उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको छ ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म कुल मौज्दात रकमको ८० प्रतिशत उत्पादन क्षेत्रमा लगानीका लागि निर्देशन दिएको हो । सोमबार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको २० प्रतिशतबाहेक सबै रकम आयात र व्यापारिक क्षेत्रमा नभई उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको हो ।

वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्ने गरी आउँदो गर्ने गरी भोलि २० गतेदेखि निर्णय कार्यान्वय गर्नसमेत राष्ट्र बैंकले अनुरोध गरेको छ । पत्रमा भनिएको छ, ‘अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनका लागि भोलिको मितिदेखि राष्ट्र बैंकमा स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम त्यस बैंकमा नै रहने गरी बाँकी २० प्रतिशत रकम यस बैंकमा जम्मा हुन गरी प्रतिवेदन पेश गर्न अनुरोध गरिन्छ ।’