एकै दिन ९०० रुपैयाँले घट्यो सुनको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुन एकैदिन तोलामा रुपैयाँ ९०० ले गिरावट आएको छ । चाँदी प्रतितोला रुपैयाँ १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ९०० ले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।