कोभिड-१९ बारे तथ्य र भ्रम

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौँ ।
कोरोनाभाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ ।

कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ । जुन तथ्यहिन र प्रमाणबिहिन कुराहरु रहेका छन । जसमा अहिले कोभिड–१९ रोकथामका लागि लगाइने खोप एक भ्रमको केन्द्रविन्दु बनेको छ । हाल नेपालमा ४० प्रतिशत भन्दा बढिले पूर्ण खोप लगाइसकेको छन् । खोप लगाएका धेरै मानिसहरुले भन्ने गरेका छन् की मैले पूर्णरुपमा खोप लगाएको छु मलाई कोभिड–१९ संक्रमण हुदैन भन्ने छ ।

पछिल्लो समय धेरैले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुबै मात्रा खोप लागाइसकेकोले आफूलाई कोभिडको जोखिम नहुने भन्दै सामाजिक दुरी पालना नगर्ने, माक्सको प्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भिडभाड जन्ने प्रवृधि गर्ने र भिडभाडमा जाने जस्ता प्रविधिहरु भैरहेको पाइएको छ । यस्तो भ्रम जन्य कुराहरुको पछि नलागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने गरौ किनकी अहिले कोभिडको जोखिम पहिले संक्रमित भएका बिरामीलाइ र दुबै मात्रा खोप लगाउनेलाई रोगबाट हुने गाम्हिर्यता कम देखिएता पनि पुनः कोभिडको संक्रमण दोहोरिरहेको छ । त्यसैले अहिलेको अवस्थामा बच्ने उतम तरिका भनेको सामाजिक दुरी कायम गर्ने र माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने र कोभिड विरुद्धको खोप नलगाएकाले खोप लगाउने नै अहिलेको समयमा कोभिडबाट बच्ने अत्ति उत्तम उपाय हो ।

नेपाल सरकारले पनि अब ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुुस्टर डोज कोभिडविरुद्ध कतिको लाभ दायिक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरा पनि आउन सक्छ । यस बारेको तथ्य केहो भने जब हामीले पूर्ण २ डोज नै खोप लगाउछौं । त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिडविरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउछ भन्ने विश्वास राखिको छ । केही समय अगाडि कोभिडको बिरामीदर कम हुदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरि पनि कोभिडका विरामीहरु चाप दिनप्रति दिन बढ्दै गएको पाइन्छ ।

अस्पतालमा रुघा खोकी लागेर, ज्वरो आएर, जिउ दुखेर, झाडापखाला लागेका बिरामीहरु बढ्दो छन् र उनीहरुलाई कोभिडको शंका देखिदै गर्दा पनि कोभिडको परीक्षण गर्न लगाउदा नमान्ने, हिचकिचाउने पहिलेको जस्तो परीक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउछु भन्ने खालको अवस्था थियो । चेकजाच गर्नका लागि आफै‌ गएर गर्दथे भने अहिले त्यो अवस्था छैन अहिले अस्पतालमा आउने ९० प्रतिशतभन्दा धेरैमा लक्षणहरु देखिएर आएका बिरामीलाई कोभिड–१९ परीक्षण गर्न लगाउदा नमान्ने गरेको पाइन्छ ।

कोभिड हुनको लागि मेरो नाकले बास्ना थाहा पाउन छाड्न प-यो कि खानको स्वाद थाहा पाउन छाड्न प-यो अनि मात्र मलाई कोेभिड १९ हुन्छ भन्ने अहिले धेरै मानिसमा यस्तो मानसिकता रहेको पाइन्छ । तर, यति मात्रै होइन । कोभिड–१९ को नयाँ नयाँ भेरिएन्टसहरुको लक्षणहरु फरक फरक रहेका छन् । ज्वरो आएर, जिउ दुखेर र पखाला लागेर आएका विरामीहरुलाई पनि कोभिड १९ को संक्रमण भएको पाइएको छ ।

कोभिड १९ संक्रमण हुनको लागि स्वाद नै हराउन पर्छ नाकले गन्ध थाहा पाउनै छाड्न पर्छ भन्ने हुदैन । कोभिड १९ विरुद्धको पूर्ण खोप लगाइसकेको भयता पनि उनीहरुलाई संक्रमण देखिन सक्छ । खोप लगाएकाहरुलाई साधारण लक्षणहरु देखिने भएकाले उनीहरुले चिकित्सकको सल्लाह बमोजिम १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको लक्षण अनुसारको औषधीहरु सेवन गर्ने र धेरैमात्रामा तातो झोलिलो चिजहरु खाएर घरमै आरम गर्याे भने पनि ठिक हुन्छ ।

अहिले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिएको भ्रम जन्य टिप्पनीहरुलाई गलत प्रयोग गर्ने र आफंैले प्रेस्किप्सन बनाएर २, ३ थरिका एन्टिबायोटिकस, स्टोरोइडसहरुको गलत प्रयोग गरेर यति औषधी खायो भने ठीक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ । यो एक गलत मान्यता र ठूलो भ्रमता हो ।

अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधी बनेको छैन । यो नबन्दै गर्दा कुनै पनि किसिमको भ्रमतामा नलागेर चिकित्सकको सल्लाहमा रहेर अन्य औषधीजन्य कुराहरु नखाने र चिकित्सकको सल्लाह सधै लिने गर्नुपर्छ । त्यस्तै, हामी वर्षेनी भाइरल इन्फुइन्फलुन्जा भ्याक्सिन लागाउछौं । त्यो भ्याक्सिनले हामीलाई मौसमी रुघाखोकी ज्वरोबाट बचाउँछ । यस्को फाइदा के छ भने हामीलाई थाहा भएकै कुरा हो, कोभिडको सुरुवाती चरण भनेकै मौसमी रुघाखोकी र ज्वरो हो । यो खोप लगाएमा मौसमी रुघाखोकी र ज्वरो मात्र कम भयो भने कोभिडको डर र भयबाट बच्न सकिन्छ ।