६३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३२ करोड बढीको कारोबार

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजार सकारात्मक लयमा देखिएको छ । दुई उपसमूहबाहेक सबैमा हरियो लागेको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केहि कम भएको छ । बजारमा आएको सकारात्मक परिवेशले लगानीकर्ताहरुलाई जाँगरिलो बनाईदिएको छ ।

नेपाल स्टकएक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १५.८५ अंकले बढेर ५०३.७२ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३४ वटा कम्पनीको सेयर कारोबार भएको छ । ९१ लाख १० हजार ७५८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दुई उपसमूहबाहेक बाँकी रहेका ११ उपसमूहरुमा हरियाली लागेको छ । आज उत्पादन तथा अन्य उपसमूहले गुमाएका छन् । बैंकिङ उपसमूहतर्फ ६३.६७ अंकको बृद्धि देखिएको छ । व्यापारतर्फ ५६.०५ अंकले होटल तथा पर्यटनतर्फ ६४.०९ अंकले, विकास बैंकतर्फ २३२.४१ अंकले, हाइड्रोपावरतर्फ ८७.५४ अंकले बृद्धि भएको छ ।

फाइनान्सतर्फ ७९.०१ अंकले, नीर्जिवन बीमातर्फ ४०.९७ अंकले, माइक्रोफाइनान्सतर्फ ९१.५१ अंकले, जीवन बीमातर्फ १६०.५२ अंकले, म्युचुअल फण्तर्फ ०.२६ अंकले र लगानी उसमूहतर्फ २.५४ अंकले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।